सन्ध्याकालीन आरतीमा सहभागी हुन पशुपति पुगे एमाले अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन्।
साउनको तेस्रो सोमबारको अवसर पारेर बागमती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली पशुपतिमा सहभागी भएका हुन्।
वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा ओलीले आरती सञ्चालन गर्न सहयोग गर्नेहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam