प्रचण्डबाटै सिकेर ओलीलाई नेता मानेका हौँ : टोपबहादुर
काठमाडौं : नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समीक्षा हुनुपर्ने बताएका छन्। रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने र आफूहरूले मान्दा कसरी बेठीक हुने भनेर प्रश्न गरेका छन्।
उनले भने,‘प्रचण्डले तीन वर्ष ओलीलाई नेता मान्दा ठिक हुने। अनि हामीले मान्दा बेठीक भयो त ?’ उनले आफूहरूले पदको लागि माओवादी छोडेको भन्ने आरोपमा सत्यता नभएको जिकिर गरे। उनले भने,‘म अहिले सांसद पनि छैन्। मन्त्री पनि छैन्। म त्याग गर्न पनि तयार रहेको मान्छे हुँ।’
निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो। उनले भने,‘राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा पैदा भैरहेको छ। अहिले कठिन छ। दलहरूसँग जनताको आशा थियो। त्यो पूरा नभएपछि वितृष्णा भएको छ। काठमाडौंको मेयर हुनुभन्दा पहिले बालेन शाहले पनि काठमाडौं उपत्यका सफा गर्छु भन्नुभएको थियो। अहिले फोहोरको थुप्रो देखिएको छ। अहिले बालेनलाई गाह्रो परिरहेको छ।’
रायमाझीले विषय उठाउन सजिलो भएपनि त्यसलाई बैठाउन गाह्रो रहेको सुनाए। उनले आफूले भौतिक पूर्वाधारमन्त्री हुँदा काठमाडौं सडक विस्तार गरेको पनि दाबी गरे। यस्तै, स्थानीय विकासमन्त्री हुँदा काठमाडौंको फोहोरको व्यवस्थापन १५ दिनभित्र गरिदिएको उनको दाबी छ। उनले सबै नेतालाई एउटै डालोमा नहाल्नसमेत आग्रह गरेका छन्। उनले अब देश नयाँ कार्यदिशाका साथ अघि बढाउने सुनाए। उनले भने,‘हामी नयाँ कार्यदिशामा छौं। त्यो भनेको समृद्धिको कार्यदिशा हो।’
नेता रायमाझीले आफूहरूको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको सुनाए। उनले अब स्वस्थ राजनीतिक प्रतिष्पर्धा र लोकतान्त्रिक माध्यमबाट समाजवादमा जानुपर्नेमा जोड दिए। उनले पाँच दलीय गठबन्धनप्रति उनले आक्रोश पोखे। उनले गठबन्धनले देशलाई विकासको बाटोमा अघि नबढाउने जिकिर गरे। उनले अहिले महँगी आकासिएको पनि आरोप लगाए।
उनले भ्रष्टाचार पनि दिनदहाडै भैरहेको र मानिसहरूको जीवनमा संकट पैदा भएको पनि आरोप लगाए। उनले अहिले देश श्रीलंकाको दिशातर्फ अघि बढेको गुनासो पोखे। उनले अहिले गठबन्धनले लुटेर खाने काम मात्रै गरेको र देश डुबाउने काम गरेको बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam