मेलम्ची तटीय क्षेत्र फेरि जोखिममा, सतर्कता अपनाउन विभागको आग्रह
सिन्धुपाल्चोक : जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ। यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै विभागले सतर्क रहन सुझाव दिएको हो। जिल्लाको घुम्थाङ, धाप, नाकाते आसपास क्षेत्रमा ठूलो वर्षा भइरहेको छ।
बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ। राति १० : १५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ। त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam