अर्थले शिक्षकमाथि गरेको विभेद खेदपूर्ण : राहत शिक्षक समिति
काठमाडौं : नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक कर्मचारीहरुबीच गरेको विभेद खेदपूर्ण रहेको जनाएकाे छ।
शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब २६ प्रतिशतले वृद्धि गरेको भन्दै सबै कर्मचारीको तलब समान हुनुपर्ने समितिकाे माग छ। निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिनुपर्ने शिक्षक केन्द्रीय समितिले माग गरेको छ।
‘शिक्षक समाजको वाहक हो, सबै तहको कर्मचारीमा पनि महँगीको चपेटामा परेका छौँ, त्यसैले यो निर्णयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। सबै तहका शिक्षक कर्मचारीको तलब वृद्धि समान ढंगले लागू गर्न आग्रह गछौँ,’ अर्थ मन्त्रालयलाई पठाएकाे ध्यानाकर्षण पत्रमा उल्लेख छ।
राहत शिक्षक केन्द्रीय समितिका अनुसार हाल देशभर ४० हजार राहत शिक्षक छन्।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam