करेन्ट लागेर बारामा एकजनाको मृत्यु
काठमाडौं : बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
महागढीमाई नगरपालिका-२ इनर्वाका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको बाराका डिएसपी राजेश थापाले जानकारी दिए।
उनका अनुसार आफ्नो खेतमा पानी हाल्न गएका यादवको मोटर तार जोड्ने क्रममा विद्युत् सर्ट धई शनिबार करिब ७ बजे मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam