राष्ट्रपति र संसद्बीचको टकराव हुनु ठीक होइन : सञ्चारमन्त्री कार्की
काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन्।
शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका-१० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्।
उनले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाउने बताए। उनले यसपटक भने नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए।
मन्त्री कार्कीले यो टकरावको वेला नभएकाले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताए। उनले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको जानकारी गराए।
उनले भने, ‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाइएको थियो। त्यो जिम्मेवारी पूरा गर्नका निम्ति संविधानले जुन परिकल्पना गरेको छ। राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार छ। त्यसैले भन्ने गरिन्छ राष्ट्रपति संस्थाबाट गल्ती हुँदैन। अब चाँडै राष्ट्रियसभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकता विहीनताको समस्या अन्त्य हुनेछ।’
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam