इङ्ग्लिस प्रिमियर लिग : लगातार तेस्रो जितसहित आर्सनल शीर्ष स्थानमा
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ ।
आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको ११ औँ मिनेटमा एक गोल थपे ।
त्यस्तै खेलको ५४ औँ मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमाउथ ३ अङ्ककासाथ १४ औँ स्थानमा छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam