‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड रियल मड्रिडका करिम बेन्जिमालाई
काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘यूईएफए प्लेयर अफ दि इयर’ को अवार्ड जितेका छन् ।
यूईएफए च्याम्पियन्स लिग फुटबलमा गएको सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले हिजो बेन्जिमालाई अवार्ड प्रदान गरेको हो ।
बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जित्न सफल भए । महिलातर्फको ‘प्लेयर अफ दि इयर’ अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरेकी छन् ।
पुरुषको ‘कोच अफ दि इयर’ को अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जितेका छन् ।
एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे । एन्सेलोटीले गएको सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam