जनताले एमाले खोजेका छन् : योगेश भट्टराई
काठमाडौं : नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन्।
सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी समेत गरे।
न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजि भईरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे।
सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको स्पष्ट पारे।
‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ। हाम्रो वैदेशिक सम्बन्धहरु बिग्री राख्या छ। अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ। महाशक्ति राष्ट्रहरु चाँही नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन। नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले। त्यसो भएको हुनाले विश्व समुदायसँग एउटा मैत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने। नेपालको हितमा सम्बन्धहरु कायम गर्ने। त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो’, उनले भने, ‘ अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति आवश्यक पर्छ। र, त्यो नेकपा एमाले हो। त्यसो हुनाले देश भित्रको आवश्यकताले नेकपा (एमाले)को नेतृत्व खोजी राखेको छ। अन्तराष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले)को नेतृत्व खोजिराखेको छ। यिनै कुराहरूका साथ हामी चुनावमा जान्छौं। र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ। र, यो केन्द्रिय कमिटी बैठकले त्यो सन्देश दिन्छ।’
सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तर्घात नहुने गरी पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए।
उनले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरूलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दावी गरे। उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पारे।
संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामर्थ्यमा उभिएर निर्वाचनमा जाने उनको तर्क थियो। सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरूबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए।
सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam