सुनसरी १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस
विराटनगर : नेकपा (एकीकृत समाजवादी) सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ।
जिल्ला कमिटीको आज (शनिवार) बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ।
जिल्ला कमिटी सचिव वसन्त सुवेदीका अनुसार बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेशसभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरेको छ। प्रदेशसभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ।
त्यसैगरी इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ। यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले जानकारी दिए
यस्तै दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा मोहम्मद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ। यो निर्वाचन क्षेत्रतर्फ प्रदेशसभा सदस्य ‘क’मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेशसभा सदस्य ‘ख’मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिस भएका छन्।
सुनसरीको क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ। यो निर्वाचन क्षेत्रतर्फ प्रदेशसभा सदस्य ‘क’मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले जानकारी दिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam