रुकुम पश्चिममा पहिराेमा पुरिएर आमा छाेरीकाे ज्यान गयाे
रुकुम पश्चिम – पहिरोमा पुरिएर आज आइतवार रुकुम पश्चिममा आमा छोरीको ज्यान गएको छ । पहिराेमा पुरिएकी एक बालिकाकाे भने उद्धार गरिएकाे छ ।
आठबीसकोट नगरपालिका १४ पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा जाजरकोटको भेरी नगरपालिका १ मैदैकी ३० वर्षीया बालमती राना र उहाँकी दुई वर्षीया छोरी प्रतिक्षाको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा सँगै परेकी प्रतिक्षाकी दिदी १२ वर्षीया तिर्सनाकाे भने उद्धार गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका १ माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उहाँहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्ने क्रममा पहिरोले भवन पुरिएको हो ।
यसैबीच आजै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्बर ३ का दलवीर गुरुङ बेपत्ता हुनुभएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam