अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना कारबाहीमा
काठमाडौं : अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले आजदेखि अभियानकैमा रुपमा कारबाहीलाई थप तीव्रता दिएको छ।
काठमाडौंको कीर्तिपुर स्थित टी.यु. गेटनजिकै आज बिहान तालिम प्राप्त प्राविधिकसहितको टोलिद्वारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
चेकिङको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएकाे एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारबाही गरेको हो।
यस्तै, हेड लाईट ठीक नभएको एउटा र अवस्था ठीक नभएका ५ ओटा टाटा सुमोका चालकलाई कारवाही गरिएको छ।
चेकिङमै भेटिएका वाइफर निकालेका र सवारी साधनको बत्ती ठीक नभएका ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डी. आई गाडीका ८ जना चालकलाई पनि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
अवस्था ठीक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तीव्रता दिइएको हो।
आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठीक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam