राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा संघीय संसद अधिवेशन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुख सापकोटाले कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा विश्व स्वास्थ्य संठनले दिशानिर्देश गरेअनुसार संसदको बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराउनुभएको थियो।
संघीय संसदमा जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


