निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि जारी रहने
काठमाडौं : महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिदैछ।
संसद सचिवालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बयान शुरु हुनेछ। समितिले यसअघि दुइ दिन बयान लिँदा जम्मा ६ वटा मात्रै प्रश्न सोधिएको छ। बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि ६ वटा मात्रै प्रश्न सोधिएकोले बयान लम्बिने देखिएको छ। महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु धेरै बाँकी रहेकाले समय लाग्ने बताए।
समितिको बैठक यसअघि भदौ १५, १६ र १७ गते बसेको थियो। जबराले सोधिएका प्रश्नमा जवाफ दिने क्रममा प्रतिप्रश्न गर्नुका साथै सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाउँदै आएका छन्।
जबराले न्यायालयमा बेथिति बढाएको राजनीतिक भागबण्डा खोजेको लगायतका २१ आरोप लगाएर सत्तारुढका ९० सांसदले गत फागुन १ गते महाभियोग दर्ता गरेका थिए। जबरा त्यहीदिनदेखि निलम्बनमा छन्। जबराले नेपाल बारले तयार पारेको आरोपमा सांसदले हस्ताक्षर गरेर महाभियोग भनेको भन्दै आएका छन्।
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोल खुल्ने डरले सत्ता पक्षले बयान रोक्न सक्ने आशंका गरेका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam