म्यारियट क्यासिनोले महानगरलाई बुझायो १९ लाख कर
काठमाडौं : काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेसँगै म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ। क्यासिनोले जरिबाना बाहेकको रकम तिरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनोले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
महानगरले १९ भदौमा काठमाडौं महानगरपालिकाले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरूलाई निर्देशन दिएको थियो। म्यारियटबाहेक अन्य होटलहरुले कर तिरेका छैनन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam