आजबाट संसदमा प्रि बजेट छलफल सुरु हुने

काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आज देखि संघीय संसदमा प्रि बजेट छलफल सुरु हुँदैछ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्नुहुने भएको छ । सम्भावित कार्यसूचीका अनुसार अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७ र ७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक पेश गर्नुहुनेछ ।

त्यसमा सांसदहरुले आ(आफ्ना धारणा राख्ने छन् । यो छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि डाकिएको छ।दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ। संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम ल्याउनुहुनेछ ।

उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यात्मक प्रावधान छ। जसका कारणले कोरोना महामारीका बीचमा पनि स्वास्थ्य सावधानी अपनाउँदै संसद बोलाइएको हो।

TOP