‘नेपालको पानी जनताको लगानी’ नारा व्यवहारिकरूपमा कार्यान्वयनमा आयाे : मन्त्री भुसाल
काठमाण्डाै – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यवहारिकरूपमा कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।
बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाका लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सह–वित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) बीच ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले माथिल्लो अरुण जलविद्युत् आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताउनुभयो । अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालको पानी जनताको लगानी नारा सरकार व्यावहारिक ढङ्गले कार्यान्वयन गर्ने स्थानमा पुगेका छ । अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक सामाजिक विकासमा योगदान गर्नसक्ने स्थानमा पुग्यौँ ।’
मन्त्री भुसालले यो आयोजनाले नेपालका वित्तिय संस्थाहरूको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले बैंक, वित्तीय संस्थाबाट हुने लगानी पनि जनताको लगानी र सर्वसाधरण शेयर दिनु पनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्चस्तरबाट पुष्टि हुँदै गएको दाबी गर्नुभयो ।
मन्त्री भुसालले माथिल्लो अरुण भन्दा बढी क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी दर्ताको प्रक्रियामा पुगेको बताउनुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam