अनशनरत डा. केसीको माग सम्बोधन गर्न सरकारद्वारा टोली गठन
काठमाडौं : सरकारले अनशनरत प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गर्न टोली गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति जारी गरी वार्ता टोली गठन गरेको जानकारी दिएका हुन्।
मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि रहेको टोली गठन भएको हो।
विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा. केसीलाई आग्रह गरिएको छ।
६ दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
चिकित्सा शिक्षाको सुधारको माग गर्दै २०औँ पटक अनशन बसेका डा. केसी अहिले सेती प्रादेशिक अस्पतालमा छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam