महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै
काठमाडौं : सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीमा सुरु गरेको महालक्ष्मी व्रत समापन गरिँदैछ।
धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ।
प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ। ब्रह्मचर्यमा रही भूमिमा सुत्नुपर्ने यो व्रतको विधान छ।
सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने विधि बताइएको छ।
विधिपूर्वक यो व्रत गर्नाले घरमा महालक्ष्मीको बास भई दुःख, दारिद्रय नाश हुने र सुख, शान्ति एवं ऐश्वर्य मिल्ने विश्वास छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam