प्रधानमन्त्रीलाई भिमरावलको प्रश्न,‘खै तपाइको राष्ट्रवाद’ ?
काठमाडौँ । नेकपाका नेता तथा स्थायी कमिटी सदस्य भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद माथि प्रश्न उठाउनुभएको छ । नाकाबन्दीको समयमा देखाएको राष्ट्रवादलाई हेरेर नेकपालाई जनताले दुइतिहाई नजिम मत दिएपनि अहिले आएर प्रधानमन्त्रीको राष्ट्रवादले जनताले झुक्किएको महशुस गरिरहेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै रावलले देशको नक्सा समेत सार्वजनिक गर्न नसक्ने नेतृत्वले राष्ट्रवादको कुरा गर्न नसुहाउने बताउनुभयो । उहाँले जतिबेला भारतले सकड उद्घाटन गरेको खबर आयो, त्यही समयमा सरकारले भारतीय रादूतलाई बोलाएर कुटनीति नोट जारी गर्न नसक्नु सरकारको ठूलो कम्जोरी भएको बताउनुभयो ।
सीमा मिचिएको जस्तो गम्भिर विषयमा हाम्रो राजनीातक नेतृत्व समेत सहि ढंगले उत्रन नसकेको भन्दै रावलले अहिले सम्म सीमाका विषयमा भारतमा रहेका नेपाली राजदुत र सम्बन्धि जिल्लाको सिडियो लाई समेत बर्तमान सरकारले के भएको हो भनेर सोध्ने काम समेत नगरेकाले सरकार भारतसँग कहि न कहि चुकेको देखिएको बताउनुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


