मधेसलाई गुल्जार बनाउने धर्तीपुत्रले बिना झण्झट नागरिकता पाउनुपर्छः एमाले उप–महासचिव ज्ञवाली
जानु पाण्डे, कपिलवस्तु । औलो सँग लडेर मधेसलाई गुल्जार गर्ने धर्तीपुत्र मधेसी जनताले बिना झण्झट नागरिकता पाउनु पर्ने एमाले उप–महासचिव प्रदिप ज्ञवालीले बताउनु भएको छ ।कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत जनसभामा बोल्दै नेता ज्ञवालीले सीमाको रक्षा गर्ने मधेसी जनतालाई नागरिकताबाट बन्चित गराउन नुहने बताए ।
उनले नेपालमा जन्मिएका सबै नागरिकलाई बंसजका आधारमा नागरिकता दिनु पर्ने एमालेको माग रहेको टिप्पणी गर्नु भएको थियो । नागरिकताको विषयमा लिएर गठवन्धनका कार्यकर्ताले भ्रम फैलाउदै एमालेलाई मधेस विरोधीको संज्ञा दिएको बताउनु भएको थियो । एमाले नेतृत्वको सरकारले गत वर्ष नै नागरिकता विधयेक पास गरेको बताउदै नागरिकता जनता सँग प्रत्यक्ष जोडिएको विषय भएको हुँदा राजनैतिक मुद्धा बनाउन नमिल्ने जिकिर गरे ।
उनले बिदेशी बुहारीलाई नेपालको रहन सहन सिक्न केही समय दिनु पर्ने बताउनु भयो । उहाँहरुलाई नेपालको रहन सहन, सस्कृती, चालचलन सिक्ने अवधि पछि नागरिकता दिनु पर्नेमा जोड दिए । उनले एमाले नेतृत्वको सरकारले तराई मधेसका धेरै समस्या समाधान गरेको दाबी गरे । तराई मधेसमा सिंचाईको समस्या समाधान गर्न ठुला सिंचाई प्रणालीको सुरुवात एमालेको पालामा भएको बताए ।
उनले तराई मधेसमा विकासको काम गरेको कारण एमाले प्रति प्रवेश गर्नेको जनलहर चलेको बताए । अहिले एमाले विरुद्ध चौतर्फी घेरा बन्दी रहेको छ । गठबन्धनको नाममा र अन्य नाममा घेराबन्दी भए पनि एमाले प्रति जनलहर बढेको बताए ।
सभामा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य मधुसुधन चौधरी, जिल्ला अध्यक्ष कैलास अग्रहरीसहित एघार सय बढी नेता, कार्यकर्तालाई पार्टी उप–महासचिव ज्ञवालीले एमाले प्रवेस गराएका छन् ।
मधेसको सवालमा एमाले सधैँ स्पष्ट भएको हुँदा एमाले रोजेको मधुसुधन चौधरीले बताए । नव प्रवेशी चौधरीलाई एमालेले प्रदेश सभा सदस्यमा उम्मेदवार बनाउने चर्चा चलेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam