खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ।
बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन्।
कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ।
कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ। कम्पनीले आजदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो। ती खसीबोका र च्याङ्ग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा राखिएको छ।
यो वर्ष च्याङ्ग्रा खरिद नगर्ने भनिएको भएपनि ’शक्ति केन्द्र’को चर्को दबाबपछि कम्पनीले च्याङ्ग्रा खरिद गरेको हो। निजी कम्पनीहरूले च्याङ्ग्रा काठमाडौंमा भित्र्याएपछि सरकारी संस्थालाई शक्ति केन्द्रले दबाब दिएका थिए।
यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दशैँका लागि खसीबोका खरिद गरिएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam