कृष्णनगरमा अटो रिक्साको मनपरि, नियम विपरित संचालनमा

कृष्णनगर । कृष्णनगरमा अटो रिक्सा नियम विपरित संचालनमा आएका छन् । मनपरि भाडा असुलि देखि रोक लगाएको बाटोमा अटो रिक्सा संचालन भएका छन् विधुतिय रिक्सा तथा आटो रिक्साकोले बढी भाडा लिएको र रोक लगाएको बाटोमा चलाएको गुनासो बढदै गए पछि कृष्णनगर यातायात प्रा.लि.ले जिल्ला प्रशासन कार्यालय,कृष्णनगर नगरपालिका,जिल्ला ट्रफिक प्रहरी कार्यालय गोरूसिंगे,ईप्रका कृष्णनगर,कृष्णनगर ट्रफिकलाई पत्र पठाई तिनको व्यावस्थापनको लागि पहल गरेको कृष्णनगर यातायात प्रा.लि. का अध्यक्ष जाबेद खानले जनाएका छन ।

पटक पटक पहल गरे पनि व्यावस्थापन हुना सकेको छैन । कहिले प्रशासनले टाईम माग्ने त कहिले नगरपालिकाले माग्ने गरेको समितिका कोषाध्यक्ष नूर मोहम्मद मुसलमानले बताए । कोषाध्यक्ष मुसलमानले अनुसार दशैको बेला यात्रुहरूलाई सस्ति खेप्नु परेको र अटो रिक्साले मनपरि भाडा उठाइ रहेको गुनासो बढे पछि यातायातको बस पुरानै बसपर्क सम्मा पठाउन सुरू गरेका थिए ।

तर ईप्रका कृष्णनगर र कृष्णनगर ट्राफिकले विधुत आफिस अगाडि नै रोकेरा बसपार्क मै जान दबाव दिएको थियो । केहि समय बाटो अवरोध गरेपछि सुरक्षा निकायले २ दिनको समय मागि बाटो खोलाएको मुसलमानले बताए । धेरै प्रयास पछि कृष्णनगर नगरपालिकाले ईप्रका कृष्णनगर,कृष्णनगर ट्राफिक लाई पत्र काटेको थियो ।

जसमा उल्लेख छ कि यातायात व्यावस्थाको २५ नम्बर बुदामा लेखिएको विधुतिय तिन पाङग्रे अटोरिक्सा तथा ट्राइसाइकिलहरूलाई राजमर्ग तथा मुल सडकहरूमा चलाउन प्रतिबन्ध गरेकोले अवस्यक कार्यवाहिको लागि पत्राचार गरेको समितिका कोषाध्यक्ष नूरमोहम्मद मुसलमानले भने ।

विहिवार देखि पुरानै बसपार्कमा काउन्टर राखि बस संचालन गर्ने समितिले जनाएको छ । यता समिति र नगरपालिकाले पत्राचार गरेपनि सुरक्षा निकायले कुनै चासो देखाएको छैन । आटोरिक्साको मनपरि भाडा,रोक लगाएको सडकमा चलाउन भने रोकिएको छैन ।

TOP