राष्ट्रपतिद्वारा नव कन्याको पूजा
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतार स्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नव कन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार समेत प्रदान गरिन। ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो। दशैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नव कन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन।
उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए। सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam