गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।

दाङ १ को उम्मेदवार बन्ने चाहना राखेकी चौधरीले सामाजिक सञ्जालमार्फत  एमाले छाडेर स्वतन्त्रबाट चुनाव लड्ने  घोषणा गरेकी हुन्।

उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन् जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु। हजुरहरूको साथ चाहिएको छ।’

नेतृ चौधरी २०७४ मा एमालेबाट समानुपातिक सांसद भएकी थिइन् ।

TOP