बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, अन्यथा पार्टीबाट निकालिने
काठमाडौं : सत्ता गठबन्धनमा आवद्ध दलहरूले बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेता कार्यकर्तालाई भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरुले निर्देशन दिएका हुन्।
‘निर्वाचन आयोगले तोकेको समयसीमा भित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्काशन गर्ने’, आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ।
सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सहमतिविपरीतका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीका निकायहरूलाई भूमिका खेल्न भनेका छन्।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam