कांग्रेसले एक साताभित्र घोषणा पत्र सार्वजनिक गर्ने‚ स्थानीय तहकै एजेण्डालाई निरन्तरता
काठमाडौं : नेपाली कांग्रेस कार्यसम्पादन समितिले मंसिर ४ मा हुने चुनावका लागि तयार गर्ने घोषणा पत्रमा शनिबारसम्म सुझाव संकलन गर्ने भएको छ।
कांग्रेसको घोषणापत्र तयारी समितिले शनिबारसम्म सुझाव संकलन गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए। कांग्रेसले एक हप्ताभित्र घोषणापत्र सार्वजनिक गर्ने प्रतिवद्धता पनि जनाएको छ।
संविधानको रक्षा गर्ने नेतृत्व कांग्रेसले लिनुपर्ने प्रतिवद्धता घोषणा पत्रमा समावेश हुने परियारले बताए। कांग्रेसले स्थानीय तहकै चुनावी घोषणा पत्रलाई निरन्तरता दिने घोषणा पत्र निर्माण समितिका अर्थविद् डाक्टर स्वर्णिम वाग्ले बताए। समुन्नत नेपालको मार्गचित्र पनि घोषणा पत्रमा हुने वाग्लेले बताए।
समन्यायिक समाजको विषय पनि घोषणा पत्रमा समावेश हुने कांग्रेसले जनाएको छ । जलवायु परिवर्तन, विपद् व्यवस्थापन, तात्कालिक आर्थिक एजेण्डा पनि घोषणा पत्र मार्फत सार्वजनिक गर्ने वाग्ले बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणा पत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणा पत्रको मस्यौदा प्रस्तुत गरेका थिए । बैठकमा प्रारम्भिक मस्यौदा उपसमितिका तर्फबाट वाग्लेले मस्यौदाको थप व्याख्या गरेका थिए भने बैठकमा प्रारम्भिक मस्यौदा समितिका सदस्यहरुको पनि आमन्त्रित रुपमा सहभागिता थियो।
बैठकले प्रारम्भिक मस्यौदालाई प्राप्त सुझावहरु समावेश गर्ने गरि पारित गरेको छ । उपत्यका बाहिर रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले शनिबार साँझ ७ बजेभित्र पठाउने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, उमा रेग्मी र जीपछिरिङ लामाले आफ्नो धारणा राखेका थिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam