कपिलवस्तु ३ मा रोचक प्रतिष्प्रधा

कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । ४ पटक सांसद बनेका अभिशेष प्रताप शाह, मंगल प्रसाद गुप्ता र पुर्ब मन्त्रि इश्वर दयाल मिश्रा विच कडा प्रतिस प्रधाले यस चुनावलाई रोचक बनाएको छ ।
गुप्ता जसपाको समर्थनमा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट ४ पटक सांसद बनेका शाहले उम्मेदवारी दिनुभएको छ । २०७४ को चुनावमा हृदेश त्रिपाठी नेतृत्वमा गठन भएको स्वतन्त्र समुहबाट सुर्य चिन्हमा चुनाव लडेका मिश्र यसपालि जनता प्रगतिशिलबाट उम्मेदवारी दिनुभएको छ ।
काग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार हुनु भएका शाहलाई यो चुनाव जित्न धेरै सकस हुने अनुमान छ । स्थानिय चुनावमा आफ्नै पार्टिका नेतालाई असहयोग गरेको भन्दै क्षेत्रका केहि नेताहरुको असन्तुष्टिकाबीच शाहले टिकट ल्याउन सफल हुनभएकको हो ।
नेकपा एमाले गठबन्धनबाट उम्मेदवारी दिनुभएका मंगल प्रसाद गुप्तालाई जसपाले क्षेत्रमा सहयोग नगर्ने देखिएको छ । नेकपा एमाले र जसपा विच भएको समझौता अनुसार क्षेत्र न. ३(२) मा जसपाबाट अशोक यादवलाई अधिकारिक उम्मेदवार बनाई पठाए पनि एमालेले त्यो क्षेत्रबाट रजाऊ रहमानलाई उम्मेदवार बनाएको छ । यसले गर्दा जसपाले एमालेलाई सहयोग नगर्ने निश्चित छ । यस्तै जनता प्रगतिशिलबाट उम्मेदवारी दिएका मिश्रले ३(१)लाई खाली राखी ३(२) बाट उम्मेदवार राखेका छन । मिश्र अहिले अन्य पार्टिबाट असन्तुष्ट भएका नेताहरूसंग भेटघाट तिब्र पारेका छन ।उनलाई नेकपा एमालेको केहि नेता र जसपाको साथ रहने बुझिएको छ । कपिलवस्तु क्षेत्र न. ३ मा त्रिकोणिए लडाई भएकोले मतदाता अन्योलमा रहेको छ ।

TOP