प्रहरी अनुसन्धान आधुनिकीकरण गर्नु पर्छ : मुख्यमन्त्री भट्ट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रहरी र प्रहरी अनुसन्धानलाई अहिलेको युगअनुसार आधुनिकीकरण गर्नुपर्ने बताएका छन्। धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित ६७औँ प्रहरी दिवसका अवसरमा उनले यस्तो बताएका हुन्।
‘प्रहरीलाई कसरी आधुनिक बनाउन सकिन्छ भन्ने विषय सबैको चासोको विषय हो’, उनले भने, ‘अपराध जति तीव्र गतिमा बढिरहेको छ, त्यसलाई नियन्त्रणका लागि प्रहरी एक कदम अगाडि रहनुपर्दछ।’ गणतन्त्र आइसकेपछि हिजो र आजका प्रहरीले केही न केही फरक देखाउनुपर्ने उनको भनाइ छ।
त्यसो नभएमा व्यवस्थाप्रति नै जनताको नैराश्यता पैदा भई विभिन्न अवरोध हुने उनले बताए। ‘व्यवस्था परिवर्तन भइसकेपछि अहिलेको अवस्थामा सबैले आफूलाई रूपान्तरण गरेर जनताको पक्षमा काम गर्नु आजको आवश्यकता हो‚’ उनले भने।
उनले सभ्य समाज निर्माणमा सरकार, प्रहरी, नागरिक, नागरिक समाज सबैको दायित्व रहेको बताए। सुदूरपश्चिममा ५ वर्षसम्म प्रहरी समायोजन हुन नसके पनि अब हुने निर्वाचनपश्चात् प्रहरी समायोजन हुने आफूले विश्वास गरेको उनले जनाए।
दिवसका अवसरमा शहीद प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका दुईजना प्रहरीका आश्रित परिवारलाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ।
प्रहरी हवलदार रमेशदत्त जोशीकी पत्नी बसन्तीकुमारी बडू र प्रहरी जवान हरेन्द्रसिंह विष्टकी पत्नी कलावतीलाई मुख्यमन्त्री भट्टले नगदसहित कदरपत्र हस्तान्तरण गरेका थिए।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको पिएसओ प्रहरी हवलदार जोशीको कोरोनाका कारण निधन भएको थियो भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ड्युटीमा खटिएका बेला एक्कासी बेहोस भएर प्रहरी जवान विष्टको ज्यान गएको थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam