काठमाडौं- ८ लाई सांस्कृतिक राजधानी बनाउँछु- पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा वसन्तपुर दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरूको संरक्षण र पर्यटकीय स्थल ह्वाइट गुम्बा वरपर पूर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने बताए।
निर्वाचन परिचालन समितिले काठमाडौंको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायर र स्वयम्भूलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य सुरु भइसकेको बताए।
स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरूलाई विश्वसामु चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उनको भनाइ छ।
दुवै विश्व सम्पदाको बीचमा रहेका कयौं स्थानीय सम्पदाहरूको पहिचान र संरक्षणबाट उक्त क्षेत्र सांस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए। सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत आर्य आर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उनले बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam