मकवानपुरका वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन

हेटौंडा : मकवानपुरका वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन भएको छ । 

हेटौंडा– ४ कमलडाँडास्थित निवासमा ७५ वर्षको उमेरमा बिहीबार साँझ पाण्डेको निधन भएको हो।

पाण्डेको अन्त्येष्टि शुक्रबार नै  गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए। 

लिभर सिरोसिसको कारण केही महिनाअघि उनको शल्यक्रिया गरिएको थियो।

पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । पाण्डेको प्रकाशन सम्पादनमा मकवानपुरको पुरानोमध्येको एक ‘प्रयास अर्धसाप्ताकि’ प्रकाशन हुँदै आएको छ । 

उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए। मकवानपुरको प्रगतिशिल साहित्यमा समेत योगदान दिएका पाण्डे पछिल्लो समय प्रगतिशिल साहित्यकार कवि स्वर्गीय श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष समेत थिए।

TOP