कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम फेरि स्थगित
काठमाडौं : नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तेस्रोपटक स्थगित गरेको छ। तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो। तर, आजको कार्यक्रम पनि भोलि बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।
सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन्। ‘निरन्तरतमा नवीनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam