इटहरीमा दुई मोटरसाइकल ठक्कर खाँदा तीनजनाको मृत्यु

सुनसरी : इटहरी उपमहानगरपालिका–१० मा दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। 

शुक्रबार साँझ भएको दुर्घटनामा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए। 

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठक्कर खाएका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनीहरूको उपचारका क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

TOP