रुपन्देहीको गैडहवामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु
रुपन्देही ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर २ मा दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडहवा गाउँपालिका वडा नम्बर २ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोध रहेका छ्न ।
सोमबार गैडहवा गाउँपालिका वडा नम्बर २ मा लु.५ प ९७३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएको पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam