चुनावले देश र नागरिककाे भविष्य बनाउँछ : अध्यक्ष लिङ्देन
सिन्धुपाल्चाेक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र नागरिककाे भविष्य बनाउने भएकाले मङ्सिर ४ गतेको चुनावलाई गम्भीररूपमा लिन आग्रह गर्नुभएको छ ।
आउँदाे मङ्सिर गतेको चुनावलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो । सिन्धुपाल्चोकको मेलम्चीमा आज बिहीवार आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तन र विकासका लागि आउँदाे चुनावमा राप्रपालाई मत दिन आग्रह गर्नुभयो ।
त्यही चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आउँदाे चुनावमा मत दिन आग्रह गर्नुभयो । उहाँले संसदमा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताउनुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam