जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिलमा एक मजदुरको मृत्यु भएको छ।
पेपर मिलमा काम गर्दै गर्दा भुसा ओसार्ने वेल्टमा परी एक मजदुरको मृत्यु भएको हो।
क्षिरेश्वरनाथ नगरपालिका ९ औरहा घर भई हाल वडा नम्बर ५ सिन्धुलीटोल बस्ने ३७ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ।
शनिबार भुसा ओसार्ने क्रममा श्रेष्ठ वेल्टमा फसेको र मृत्यु भएको एक मजदुरले बताए।
घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली मुचुलका उठाएर शव पोष्टमार्टमका लागि पठाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बेचन यादवले बताए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam