बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु
काठमाण्डाै – देशका धेरै ठाउँमा बिहानैदेखि लागेको कुहिरो हट्न थालेको छ । कुहिरो हट्न थालेसँगै भिजिबिलिटी बढ्न थालेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
बिहान ५ सय मिटरमा झरेको भिजिबिलिटी अहिले बढेर १५ सय मिटरमा पुगेको छ । कुहिरो हट्न थालेसँगै बिस्तारै भिजिबिलिटी बढ्न थालेको हो । भिजिबिलिटी बढ्न थालेसँगै अवरुद्ध भएकाे उडान र अवतरण सुरु हुन थालेको छ ।
काठमाण्डौको त्रिभुवन विमानस्थलबाट उडान सुरु हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो लाग्दा बिहान आन्तरिक र बाह्य उडान ठप्प भएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam