एजेन्सी । इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा दशजना किसानको ज्यान गएको छ। खेतको कामबाट फर्किँदै गरेका उनीहरूको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ।
प्राप्त जानकारीअनुसार उनीहरू बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका वेला उनीहरू सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो।
उनीहरू सवार ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा अरू दुईजना घाइते भएका थिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam