काठमाडौं : दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका हुन्। 

मतगणनाको सुरुदेखि पछाडि परेका शिवाकोटीले अहिले अग्रता लिएका हुन्।  शिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्। कार्कीभन्दा शिवाकोटी १ हजार १ सय ६५ मतले अगाडि भएका छन्। 

मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो। 

TOP