काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न माग गरेको छ।
मंगलबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो माग गरेका हुन्। मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका वेला नेकपाले भने यही सरकारले आफ्नो माग सम्बोधन गर्नुपर्ने माग गरेको छ।
वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए। गृहमन्त्री खाँणले पनि उक्त समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताएका थिए।
गृहमन्त्रीसँगको भेटपछि न्यूज एजेन्सी नेपालसँग सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘सरकार र हामीबीच भएको सहमति छिटोभन्दा छिटो कार्यान्वयन गर्नुस् भनेर हामीले आज भनेका छौं। आफू यसप्रति इमान्दार र प्रतिबद्ध भएको सरकारको जवाफ छ।’
मन्त्रिपरिषद्ले सरकार र आफूहरूबीच भएको सहमति कार्यान्वयमा सरकार सकारात्मक ढंगले नै प्रस्तुत भएको उनले बताए।
केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीनबुँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो। उक्त सहमति अझै कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam