काठमाडौं : सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा अब नेपाल राष्ट्र बैंकमै स्थापना हुने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जानकारी दिएको हो। महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुनेछ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैंकभित्र विशिष्टीकृत सुपरिवेक्षकीय संरचनाका रूपमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने सूचनामा उल्लेख छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam