काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका आठजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका हुन्।
यस्तै, एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राई मन्त्री बनेका छन्। प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा पौडेल नियुक्त भएका छन्। साथै जननमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam