राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्।
राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।
सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।
सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam