नीलगाई काटेर मासु भागबण्डा लगाउने तीन पक्राउ
जानु पाण्डे, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका –८ सिंहखोरमा वन्यजन्तु मारेर भाग लगाउँदै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
शुक्रबार बाणगङ्गा नदीको बगरमा २५ किलो गाईको मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका –२, पडेरियाका मोहम्द इमरान र नसुल्ला मुसलमान छन् । उनीहरूलाई प्रहरी चौकी मर्यादापुरका वरिष्ठ सई गगन शाहीको कमाण्डमा गएको टोलीले पक्राउ गरेको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam