कर्णाली प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं : कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तिलक परियारले बैठक आह्वान गरेका हुन्। नयाँ प्रदेशसभा सदस्यको शपथग्रहणपछि कर्णालीमा पहिलो पटक बैठक बस्न लागेको हो।
बैठक दिउँसो १ बजे प्रदेशसभा भवन वीरेन्द्रनगरमा सुरु हुने प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले जानकारी दिए। ४० सदस्यीय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका छन्।
कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १÷१ जना सांसद रहेका छन्। एक जना स्वतन्त्र सांसद छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam