पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ क्लब भिड्ने
काठमाडौं : पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ क्लब यूएसए भिड्दैछन्।
यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ।
पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ।
फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। गोल्डकप विजेताले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam