प्रतिनिधिसभाको बैठक २ घण्टा सर्यो
काठमाडौं : प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ। बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन्। नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको हो। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन।
कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ।
आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ। यस्तै लोकतान्त्रिक समाजवादी नेपालले पनि प्रचण्डलाई विश्वासको मत दिन आफ्ना चार सांसदलाई सर्कुलर जारी गरेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam