पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय राम्रो : एमाले अध्यक्ष ओली
काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना गरेको चियापानमा पुगेका अध्यक्ष ओलीले कार्यक्रमपछि सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकताबद्ध गरेको स्मरणसमेत गराए।
उनले भने, ‘राम्रो! पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नुभयो‚ जुन नेतृत्व गर्नुभयो र देश एकीकृत भयो। एकीकरण भयो‚ एउटा देश भयो। नेपाल भयो‚ हामी नेपाली भयौं। त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिनको खुशीयालीमा सरकारले बिदा दियो। पहिलो पटक होला यो सन्दर्भमा।’
सरकारले बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ। सत्तामा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्तसमेत राखेको थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam