कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण
सुर्खेत । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा भएको परीक्षणमा आइतबार १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको संख्या एक सय २३ पुगेको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो। कोरोना सङ्क्रमणबाट कर्णालीमा एक जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो समय भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ । जेठ महिना यता मात्रै कर्णालीमा २३ हजार ७ सय ९१ जना भारतबाट आएका छन् । उनीहरु सबैलाई स्थानीय तहले बनाएका क्वरेन्टीनमा राखिएको मन्त्रालयले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


