कृष्णनगर–५ मा निःशुल्क आँखा शिविर, ४ सय ३ जना लाभान्वित

शिवराज अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ५ मा निःशुल्क आखा शिविर सम्पन्न भएको छ । शिविरमा ४ सय ३ जनाले आँखा जाँच गराएका छन् ।

जसमध्ये १ सय ११ जनालाई मोतियाविन्दु भएको पाइएको छ । मोतियाविन्दुका बिरामीलाई आइतबार अपरेसन गरिने नेत्र सहायक सरिता परियारले बताउनुभयो । त्यस्तै १ सय जनालाई निःशुल्क चस्मा वितरण गरिएको परियारको भनाइ छ ।

शिविरले वडामा रहेका आँखाका रोगीहरुको लागि सहज भएको वडा अध्यक्ष मो. जमिल खानले बताउनुभयो । छन्दकाले बाबु नारायाणी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

कार्यक्रममा वडा सदस्य बदलु रैदास, रेन्जर तिवारी, शुसिला देवी नाउ, प्रभावती पासी लगायतको सहभागिता रहेको थियो । शिविरमा गोरख नाथ तिवारी, राम निवास ठाकुर, सरोज कुमार चौधरी, नियाज खान, रामौतार यादव, सुरेश बराई, रामबली मोर्यले सहयोग गरेको जनाइएको छ ।

TOP